इटहरी। नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ कोशी प्रदेशको अध्यक्षमा दुर्गा थापा स्वस्तिक चयन हुनुभएकाे छ ।

अखिल नेपाल किसान महाँसंघ कोशी प्रदेश कमिटीका अध्यक्ष दुर्गा थापा स्वस्तिक को अध्यक्षता रहेको कार्यक्रममा अखिल  नेपाल किसान महासघं केन्द्रीय कमिटी अध्यक्ष डा.प्रेम दंगालको  प्रमुख आतिथ्यता रहेको थियो।

इटहरीमा सम्पन्न प्रथम अधिवेशनबाट थापा सर्वसम्मत रुपमा अध्यक्ष चयन हुनुभएकाे हाे । अधिवेशनले थापाकाे नेतृत्वमा उपाध्यक्षमा दुधराज तामाङ र राधा निरौला, सचिवमा मदन अधिकारी सह सचिब हेम नारायण र मकर बुढाथोकी त्यस्तै  कोषाध्यक्षमा खेमराज खड्का सहित ६७ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेकाे छ । 

350843355_562278879430668_5588062223244009413_n

अव नयाँ कमिटी गठन भैसकेकाले आम कोशी प्रदेशका कृषकहरुका हक हितमा संगठनले आफ्नो गतिविधि अगाडी बडाउने अध्यक्ष दुर्गा थापा स्वस्तिकको  प्रतिक्रिया रहेको छ।