इटहरी / तामाङ जातीको लोपोन्मुख हुँदै गएको भाषा, लिपि, भेषभुषा, कला, संस्कार र संस्कृतीको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्य सहित निर्माण हुन लागेको फिल्म 'चारदाम' को शुभ मुहुर्त गरिएको छ । फिल्मलाई कोशी भिजनको ब्यानरमा निर्माण गरिने भएको छ ।
चारदाम फिल्ममा कलाकारहरू सुवास योन्जन तामाङ, सुकुमाया मोक्तान तामाङ, मदन राई, मोहन लोप्चन तामाङ्ग, शान्ती पाख्रीन तामाङ, पुर्ण लिम्बू, बाल कलाकार सुम्निमा योन्जन तामाङ, डम्बर कुमारी मेन्याङ्बो र मेनुका राई लगायत कलाकारहरूले अभीनय गर्ने निर्देशक तथा लेखक लाखमान योन्जन तामाङले बताउनु भयो ।

चारदाम फिल्ममा छायांकन तथा मुख्य सहायक निर्देशक सुमन योन्जन तामाङ, निर्माता मैना घिसिङ, मदन राई, मोहन लोप्चन तामाङ रहनुभायाको छ भने फिल्मको सम्पादक हेमन योन्जन तामाङ ले गर्नु हुने छ । २ ओटा गीत समावेश गरिएको फिल्मलाई भोजपुर र सुनसरीको विभिन्न स्थानमा छायांकन गरिने निर्माता मदन राईले बताउनु भयो ।

सोमबार इटहरीको जनता बस्तीमा अवस्थित टासी छोइलिङ गुम्बामा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल तामाङ घेदुङ कोशी प्रदेश अध्यक्ष रेख बहादुर तामाङ घिसिङले क्ल्याप, बिशिष्ट अतिथि नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेश अध्यक्ष अरुण कुमार प्रधानले एक्सन कट, फिल्मका मुख्य कलाकार मदन राई र मोहन लोप्चनले संम्बाद बोलेर फिल्मको शुभ मुहुर्त गरिएको हो ।


