सुन्दरहरैचा। सिपका माध्यमबाट महिलाहरुलाई आत्मनिर्भर वनाउने लक्ष्य सहित मोरङको सुन्दरहरैचा नगरपालिका वडा नम्बर १मा सञ्चालित एक महिने ढाका कपडा बुनाई तालिम समापन भएको छ ।
सुन्दरहरैचा नगरपालिका वडा नम्बर १ को आर्थिक सहयोग तथा प्रगति महिला समाजको आयोजनामा सञ्चालित एक महिने तालिम समापन भएको हो ।
तालिम समापन कार्यक्रममा प्रमुख अतिथी नगरप्रमुख केदार प्रसाद गुरागाईंले तालिम लिएर आर्थिक उपार्जन गर्ने गरी दक्ष वनेर व्यावसाय सञ्चालन गर्नु पर्नेमा जोड दिए ।
आयोजक सस्थकी अध्यक्ष पारवती गच्छदार , प्रशिक्षक निर्मला चौहान लगायतले सिपका माध्यमबाट समेत आय आर्जन गर्न सकिने हुँदा आफुले हासिल गरेको सिपलाई व्यवसायिक रुपमा प्रयोग गरी आम्दानी गर्न सहभागीहरुलाई सुझाव दिए । प्रगति महिला समाजले महिलाहरुलाई लक्षित गरि विभिन्न सिप मुलक तालिमहरु प्रदान गर्दै आएको छ ।


