इटहरीमा गर्मी प्रभावित सडक प्रयोगकर्ताहरुलाई निःशुल्क चिसो पानी सहित स्वास्थ्य प्ररिक्षण

alt
इटहरी । गर्मीका कारण जनजीवन प्रभावित वनी रहेको समयमा सुनसरीको इटहरीमा सडक प्रयोगकर्ताहरुलाई लक्षित गरी निःशुल्क चिसो पानी सहित स्वास्थ्य प्ररिक्षणको व्यवस्था मिलाइएको छ ।

    इटहरी उपमहानगरपालिका नजिकै पुर्वेली क्लव इटहरी र पुर्वेली समाज इटहरीले पानी पिउने व्यवस्था मिलाएको हो  भने इन्खा एकीकृत अस्पतालले निःशुल्क स्वास्थ्य परिक्षण तथा स्वास्थ्य सम्वन्धी परामर्श सेवा प्रदान गर्दै आएको छ ।

 गर्मीको समयमा मानिसहरुमा विभिन्न खाले स्वास्थ्य समस्या हुने गरेको तर्फ मध्यनजर गर्दै स्वास्थ्य परिक्षण सहित स्वास्थ्य परामर्श सेवा निशुल्क रुपमा उपलव्ध गराएको इन्खा एकीकृत अस्पतालका सञ्चालक, डाक्टर खगेन्द्र ओलीले जानकारी दिए । गर्मीका कारण मानिसहरु अत्यावश्यक काम वाहेक बाहिर निस्कन छोडेपनि वाध्यताले निस्कने मानिसहरुलाई सहज रुपमा चिसो पानीको व्यवस्था मिलाएर सर्वसाधारणका लागी सहज वनाउन पुर्वेली क्लवका अध्यक्ष झलक वन र पुर्वेली समाजका अध्यक्ष राजेश भण्डारी लगायतका भियान्ताहरुले पानीको ब्यवस्था मिलाएका हो । गर्मीको समयमा काम विशेषले बजार आउदा सहज रुपमा पानी पिउन समेत नपाउदा मानिसहरुलाई थप समस्या हुने गर्दछ ।                               whatsapp-image-2023-06-07-at-151238

धनकुटाको पाख्रीबासबाट कौडा र नगदसहित १५ जना पक्राउ धनकुटाको पाख्रीबासबाट कौडा र नगदसहित १५ जना पक्राउ

इटहरी। जिल्ला प्रहरी कार्यालय धनकुटाले पाख्रीबास बजारस्थित एक घरमा जुवाको ख ...

ट्रकको ठक्करबाट दुई जनाको मृत्यु ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

इटहरी। इटहरी उपमहानगरपालिका–१३ गणेश पेट्रोलपम्प नजिक ट्रकको ठक्करबाट मोटरसा ...

इटहरीमा सीबी कलेज तथा सीबी रेसिडेन्सियल स्कुलको दीक्षान्त समारोह सम्पन्न इटहरीमा सीबी कलेज तथा सीबी रेसिडेन्सियल स्कुलको दीक्षान्त समारोह सम्पन्न

इटहरी । सुनसरीको इटहरीस्थित सीबी कलेज तथा सीबी रेसिडेन्सियल सेकेन्डरी स्कुल ...

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]