विराटनगर : कोशी प्रदेश सरकारबाट माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिएसँगै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अन्य मन्त्रीलाई जिम्मेवारी बाँडफाँड गरेका छन् ।
सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । सरकारका प्रवक्तासमेत रहेका कृषिमन्त्री भक्तिप्रसाद सिटाैलालाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी थप भएको छ ।
यसअघि जसपाकी निर्मला लिम्बूले राजीनामा दिएपछि खाली रहेको स्वास्थ्य मन्त्रीमा खानेपानी, सिचाइ तथा उर्जामन्त्री तिलकुमार मेन्यङ्वाेकाे नियुक्त भइसकेका छन् । नियुक्त भएका सबै मन्त्रीले आफ्नो कार्यभार सम्हालिसकेका छन् ।


