पथरी शनिश्चरे / मोरङको पथरी शनिश्चरे नगरपालिका-०१ स्थित शहिद रत्न कुमार बान्तवाको अर्धकद् शालिक पुनःनिर्माण गरिएको छ।
पथरी शनिश्चरे / मोरङको पथरी शनिश्चरे नगरपालिका-०१ स्थित शहिद रत्न कुमार बान्तवाको अर्धकद् शालिक पुनःनिर्माण गरिएको छ।पूर्वका रातो उपनामबाट परिचित स्वर्गीय शहिद रत्न बान्तवाको स्मृतिमा बनाईएको सो शालिकको निर्माण कार्य सम्पन्न भएको हो। कोशी प्रदेश सरकार अन्तर्गत संस्कृति तथा पर्यटन विकास मन्त्रालयद्वारा चालु आर्थिक वर्ष २०७९/०८० मा २० लाख रुपैयाँ रकम विनियोजन भएको थियो। पछिल्लो समय सवारी दुर्घटना बढ्दै गएपछि यस अघिको शालिकले ओगटेको फराकिलो क्षेत्रलाई साघुर्याईएको स्मारक संरक्षण समितिका अध्यक्ष मान प्रसाद लिम्बुले जानकारी दिनुभयो।उहाँको अनुसार कूल बजेटमध्यें ६ लाख रुपैयाँ बजेटबाट शहिद रत्न बान्तवाको स्मृतिमा शालिकको पूर्न निर्माण कार्य सकिन लागेको बताउनुभयो। सोहि क्रममा उहाँले बाँकी रहेको १६ लाख रुपैयाँ तथा १५ प्रतिशत स्थानीयबासीहरूको लगानी गरी कूल २३ लाख बराबरको बजेटबाट रत्न कुमार बान्तवा स्मारक हरित क्षेत्रमा संरक्षणका लागि कंक्रिट कम्पाउन्ड वाल लगाईएको छ।सो वाल निर्माण भएपछि नजिकै रहेको पञ्चायत नमुना माविको खाली जमिन पनि संरक्षण हुने बताइएको छ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.