उर्लाबारी : मोरङको उर्लाबारीमा यात्रुबाहक बसको ठक्करबाट एक जनाको मृत्यु भएपछि आक्रोशित भीडले बस आगजनी गरेका छन् । उर्लाबारी, ३ मङलबारेमा बसको ठक्करबाट झापाको कमल गाउँपालिकाका ३५ वर्षिय युवकको मृत्यु भएपछि स्थानीयले बसमा आगो लगाएका हुन् । पूर्वबाट पश्चिमतर्फ जादै गरेको प्र.१ -०१-०१३ प २९० नम्बरको स्कुटरलाई विपरित दिशाबाट आउदै गरेको मेे १ ख३०७३ नम्बरको यात्रुवाहक बसले ठक्कर दिएको थियो ।

              ठक्करबाट स्कुटरमा सवार कमल गाउपालिका-२ का पवन सुवेदिको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।बसको ठक्करबाट सुवेदीको मृत्यु भएपछि आक्राेशमा आएका स्थानीयले उक्त बसमा आगजनी गरेका हुन्। उर्लाबारी नगरपालिकाको दमकलकाे सहयाेगमा करिव १५ मिनेटको समयमा उक्त आगाे नियन्त्रणमा लिईएको छ।मृतकको शव मंगलबारे स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा राखिएको प्रहरीले जनाएको छ ।