गछिया बजार चौकमा सुन्दरदुलारी उद्योग बाणिज्य संघले पानी पिउने व्यवस्था मिलाएको हो । गर्मीका कारण मानिसहरु अत्यावश्यक काम वाहेक बाहिर निस्कन छोडेपनि वाध्यताले निस्कने मानिसहरुलाई सहज रुपमा चिसो पानीको व्यवस्था मिलाएर सर्वसाधारणका लागी सहज वनाउन सुन्दरदुलारी उद्योग बाणिज्य संघले आफ्नो सामाजिक दाइत्व अन्तर्गत पानी पिउने व्यवस्था मिलाएको सुन्दरदुलारी उद्योग बाणिज्य संघका अध्यक्ष जिबन ढुंगाना ले बताउनु भयो ।

गर्मीको समयमा काम विशेषले बजार आउदा सहज रुपमा पानी पिउन समेत नपाउदा मानिसहरुलाई थप समस्या हुने गर्दछ । यसरि गर्मीको समयमा सहज रुपमा चिसो पानीको व्यवस्था मिलायाकोले सानो तर महत्वपूर्ण कामगरेको ले खुसि लागेको सडक प्रयोगकर्ताहरुले बताए ।


