इटहरी । यौनिक तथा लैङगीक अल्पसंख्यक समुदायहरुको गौरवमय महिना जुनलाई केन्द्रीत गरी सुनसरीको इटहरीमा पनी -याली गरेर मनाएको छ ।
आइतवार प्रदेश स्तरीय गौरव महिना २०२३ र्याली तथा दिप प्रज्वलन गरी मनाइएको हो । निलहिरा समाज इटहरीको आयोजना तथा राईट हेयर राईट नाउ र इटहरी उपमहानगरपालीको सहयोगमा कार्यक्रम आयोजना गरिएको हो ।
-याली इटहरी उपमहानगरपालीकाकी उपप्रमुख संगीता चौधरीको प्रमुख आतिथ्यतामा निलहिरा समाजको कार्यालयदेखी आर्मी क्याम्प हुँदै इटहरी चौक,बसपार्क सहीत पुन पश्चिम लाईन को टेम्पु स्टेण्ड परिसरमा कोणसभामा परिणत भएको थियो ।


