विराटनगर : मोरङको निर्वाचन क्षेत्र नम्बर २ का सांसद ऋषिकेश पोखरेलको पहलमा पुल र सडक निर्माणका लागि पाँच करोड ७९ लाख बजेट विनियोजन भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सिफारिसका आधारमा अर्थ मन्त्रालयले आर्थिकक वर्ष २०८०/०८१ का लागि बजेट विनियोजन गरेको हो ।

रतुवामाई नगरपालिकामा पर्ने अल्टाई होली, कजला खोला, कट्नु खोला, रतुवा पुल (भुनावारी–चाप्रामारी) मा पुल निर्माणका लागि बजेट विनियोजन भएको छ । यस्तै बक्राह खोला रंगेली, मरिया बक्राह, गेउरीया खोला, लोहन्द्रा खोलामा पनि पुल निर्माणका लागि बजेट विनियोजन भएको छ ।

यसैगरी सडकतर्फ सिक्टी–पथरी सडक, परेवाखोपी–शान्तिपुर सडक रतुवामाई, हाम्रो चोक–मदनग्राम रतुवामाई, जीपि मार्ग (गोविन्दपुर–इटहरा), अमरदह–जोगीधाप सडक, सोमबारे–मदनग्राम–भौडाहा, सिक्टी–हसन्दह र लारीकट्टा–गोविन्दपुर सडकका लागि बजेट विनियोजन भएको हो ।

पूर्वको बैकल्पिक मानिएको हुलाकी सडक र हुलाकी सम्वद्ध सडकहरुमा पनि बजेट विनियोजन भएको छ । यसको बजेटको एकीन अंक आउन बाँकी रहेको सांसद पोखरेलले बताए ।

पोखरेलका अनुसार गान्धी मनमोहन सडक र उर्लाबारी–बरडंगा सडकमा पनि विनियोजन भएको तर बजेटको एकीन अंक आउन बाँकी छ ।

कहाँ कति बजेट ?

पुल निर्माण
१. अल्टाई होली रतुवामाई ५ –           ८९,३००००
२. मल्टिसेट आरसिसि                      ४७०००००
३. गेउरिया खोला कटौना-दर्वेशा –     २५०००००
४. मरिया बक्राह                                ११२८००००
५. लोहन्द्रा खोला (दुहबी-चन्द्रगढी)    ८९३००००
६. कट्नु खोला गोविन्दपुर                 ४७०००००
७. कजला खोला                               १६८०००००
८रतुवा पुल (झुनावारी चाप्रामारी)      ४७०००००
९. बक्राह खोला, रंगेली                     ५०००००

सडक
१.सिक्टी पथरी सडक                        १०००००००
२. परेवाखोपी-शान्तिपुर रतुवामाई      १००००००
३. हाम्रो चोक-मदनग्राम रतुवामाई     ५०००००
४. जीपि मार्ग (गोविन्दपुर-इटहरा)     १००००००
५. अमरदह-जोगीधाप सडक            १००००००
६. सोमबारे-मदनग्राम-भोडाहा          १००००००
७. सिक्टी-हसन्दह                            १००००००
८. लारीकट्टा-गोविन्दपुर                    १००००००

एकीन अंक आउन बाँकी 

हुलाकी सडक
हुलाकी सम्वद्ध सडक
गान्धी मनमोहन सडक
उर्लाबारी बरडंगा सडक