इटहरी / कटहरी गाउपालिका वडा न. ३, मोरङ बसोबास भएकि सीता कुमारी ले महालक्ष्मी लाइफ मा ५ लाख को सावधिक बिमा गरेकी थिइन । बिमा गरेको करिव ४ महिना पछि बिमित सीता कुमारीको निधन भएको थियो।
कम्पनीको इटहरी कार्यलयमा एक अभिकर्ता प्रशिक्षण कार्यक्रम का बिच कम्पनी का कोशी प्रदेश उप क्षेत्रीय प्रबन्धक गुन्जन थापा ले ५ लाख १२ हजार रकम को चेक हस्तान्तरण गर्दै बिमा को महत्व बुझाएका थिए , कम्पनी सङ्ग सरल लागत मा प्राप्त हुने सावधिक बिमा , एक पटक मात्र पैसा तिरि पुन पुरै पैसा आउने लगानी फिर्ता बिमा योजना लगायत ४००% सम्म जोखिम बहन गर्ने पेन्सन सहित को बिमा योजना हरु रहेको ले सबै वर्गको व्याक्तिहरुको लागि समेट्ने योजना रहेको उप क्षेत्रीय प्रबन्धक थापा ले बताए ।
मृत्यु दाविको चेक लिदै मृतक का श्रीमान महेश प्रसाद चौधरी ले मेरो श्रीमती ले बुढेसकालमा काम दिने बचत हुन्छ भनेर बिमा गर्दा आज उसले छोडेर गएपनी उसले मेरो लागि बुढेसकालमा गुन लगाएको बताए , वास्तवमा बिमा भनेको खुसी र दुखी हुदा पनि नजिकको साथी रहेछ भने ।
महालक्ष्मी लाइफ हाल देशै भरी ६४ वटा भन्दा धेरै शाखा सन्जाल रहेको आगमि २०८० श्रावण १ बाट प्रभु लाइफ सङ्ग मर्ज भै प्रभु महालक्ष्मी लाइफबाट कारोवार गर्ने जानकारी पनि कम्पनी का उप क्षेत्रीय प्रबन्धक थापा ले जानकारी दिए ।


