सुनसरी : नेपाली काङ्ग्रेसको रूपान्तर अभियान इटहरीमा भएको छ । इटहरीमा पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेसका पूर्व केन्द्रिय सदस्य तथा कांग्रेस रूपान्तर अभियानका संयोजक गुरूराज घिमिरेले नेपाली काङ्ग्रेस विधिको शासन हो । नेपालको पुरानो राजनीति दल भगकाले अहिले हामीलाई नेपाली काङ्ग्रेस पार्टी कसरी चलिरहेको छ भन्ने विषयमा पत्रकार सँग अन्तरक्रिया कार्यक्रम भएको छ ।
पार्टीले गम्भीरता पुर्व लिन र जनताले अपेक्षा गर्ने पार्टी भएकाले हामीले नयाँ सोच विचार लिन आवश्यक रहेको छ । जनताको तह सम्म पुर्याउने हामीले ठुलो हौसला पाएको बताए ।
पार्टी रूपान्तरण हुन अभियान गरिएको हाम्रो अभियानले अर्को फड्को मार्ने हो । हाम्रो अभियानमा रास्वपाको विरोध नगर्ने । हाम्रो पार्टी राम्रो नभए घण्टीको प्रभाव बढेको केन्द्रीय सदस्य घिमीरेले वताएका छन् ।
राप्रपा लगायत साना दलले अहिलेको संसदिय दलका नेतालाइ समर्थन गर्न नसक्ने बताइरहदा नेता घिमिरेले भने संसदीय नेताबाहेक बाहिरका सदस्यलाइ मुख्यमन्त्री बनाएर कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्न सकिने बताए ।
१४ औ महाधिवेशन पछि चुनिएका पार्टिका केन्द्रिय समितिले चितत बुज्दो काम कार्वाहि नगरेको र पार्टि सुदृढिकरणमा आवाज उठाउदा पनि नसुनेको नेता घिमिरे बताए । पार्टीमा बढीरहेका अव्यवस्थाहरु हटाउन अघि नबढे विभिन्न किसिमका चुनौतिहरु सामना गर्न नसकिने भएका कारण रुपान्तरण अभियान चलाउनु परेको उनको भनाइ छ ।
सातवटै प्रदेशमा कांग्रेस रूपान्तर अभियान चलिरहेको बताउदै नेता घिमिरेले कोशी प्रदेशकाे इटहरीमा बुधबार हुने अभियान सम्बन्धी जानकारी गराउन पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेका थिए ।


