पथरी शनिश्चरे, जेठ ३१/
मोरङको पथरी शनिश्चरे वडा नं. ८ को  विभिन्न टोल विकास संस्थाहरुलाई कृर्षि सामग्रीहरु वितरण गरिएको छ । 
आज वडाको सभाहलमा आर्थिक वर्ष २०७९/८० को स्वीकृत कार्यक्रम बमोजिम ७५ प्रतिशत अनुदानमा  ति सामग्रीहरू वितरण गरिएको हो। उक्त अवसरमा आयोजित कार्यक्रममा नगर प्रमुख मोहन प्रसाद तुम्वापोले ९ वटा टोल विकास संस्थालाई सामग्री वितरण गर्नुभएको थियो । वडामा स्थापित वाग्डुगरा, शुक्रबारे, शिवजी, मंगलबारे, मिलीजुनी, सिद्धेश्वर, नमूना, फाल्गुनन्द र स्कुलडाँडा टोल विकास संस्थाहरूलाई मकै छोड्याउने मेसिन, मकै रोप्ने मेसिन, विद्युतीय स्पे ट्याङ्की वितरण गरिएको हो । 
FB_IMG_1686741610352
वडाअध्यक्ष नवीन कार्कीको अध्यक्षता भएको सो कार्यक्रममा वडा सदस्यद्वय झमक बहादुर लिम्बु, बाबुराम चौधरी तथा टोल विकास संस्थाका अध्यक्षहरुको पनि उपस्थिति रहेको थियो ।