विराटनगर : नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकार कानुनको पालनामा अब्बल रहेको बताएका छन् ।

बुधबार प्रदेश प्रमुख पर्शुराम खापुङले सरकारको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि प्रदेशसभामा बोल्दै भण्डारीले सरकारले संविधानको बाटोभन्दा एक इन्च वरपर नगर्ने कुरामा ढुक्क हुन विपक्षी दलहरुलाई आग्रह गरेका छन् ।

यस्तै सरकार अल्पमतमा रहेका कारण ३० दिनभित्र संवैधानिक प्रक्रियाअनुसार .विश्वासको लिने उनले बताए । अल्पमतमा परेको ३० दिनभित्र विश्वसको मत लिने संवैधानिक व्यवस्था भएको स्मरण गराउँदै उनले अहिलेनै लिनुपर्छ भन्ने कुरा अधिकारको हनन भएको बताए । उनले भने, ‘कसैले पनि ३० दिन पुर्याउन पाउँदैनस्, आजै लि, अहिलेनै लिनुपर्छ भेनर विशेष अधिकारको हनन कसैले कसैको गर्नुहुदैन् ।’

विपक्षी दलका सांसदहरुले सरकारले अध्यादेशबाट बजेट ल्याए पास हुन नदिने बताएपछि उनले त्यसको प्रक्रिया दिँदै प्रश्न गरेका छन्- ‘अध्यादेश नेपालमा कहिल्यै काँही नआएको हो ? कुन सरकारको पालामा अध्यादेश आएको छैन् ?’ कोशी प्रदेश सरकारले अध्यादेशको बाटो नरोज्नलाई नै आज नीति तथा कार्यक्रम ल्याएको उनले बताए ।