ताप्लेजुङ,मेची राजमार्ग र तमोर करिडोर क्षेत्रका विभिन्न क्षेत्रमा बाढी पहिरो आएपछि तराई जोड्ने सडक अवरुद्ध भएका छन् । बाढिले हेंवाखोला पूल बगाएपछि मेची राजमार्गको सडक सम्पर्क बिच्छेद भएको छ । यस्तै तमोर करिडोरको माझिटार स्थित हेंवाखोला पूल बगाएका कारण त्यता बाट पनि सडक सम्पर्क बिच्छेद भएको छ ।ताप्लेजुङबाट अरु जिल्ला जोडने सबै सडक सम्पर्क बिच्छेद भएको स्थानीय भुमा पोखरेलले जानकारी दिनुभयो । ताप्लेजुङ हुदै तराई क्षेत्र आउने यातायातका साधन ठप्प हुदा जनजीवन प्रभावित भएको छ । तीन दिन देखि परेको अविरल बर्षाले बाढी र पहिराले जिल्लाका धेरैजसो सडक सञ्जाल पूर्णरूपमा अवरुद्ध छन् । याम्फुदिन, खेवाङ, मेहेले, सुरुम्खिम,आङ्खोपसहितका ठाउँमा विद्युतसमेत ठप्प छ ।