राष्ट्रिय युवा संघ नेपाल ईटहरी उपमहानगर कमिटीले नेक्स्ट ईलेक्सन टार्गेट न्यु जेनेरेसनको अभियान संचालन गर्ने निर्णय गरेको छ ।
राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटी सचिवालय सदस्य उपेन्द्र शाहीको प्रमुख अथित्यता, राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटी सदस्य जितेन्द्र थापाको विशेष अथित्यता का साथै अथितिहरु राष्ट्रिय युवा संघ नेपाल कोशी प्रदेश संयोजक अरुण गुरुङ , कोशी प्रदेश युथ फोर्स प्रमुख राजन बानिया, राष्ट्रिय युवा संघ नेपाल सुनसरी जिल्ला अध्यक्ष तथा इटहरी इन्चार्ज सुजन लामा लगायत करिब ११५ जनाको उपस्थितिमा भएको कार्यक्रमले

आउने प्रतिनिधि तथा प्रदेश सभा, स्थानीय निकाय निर्वाचनमा नेकपा (एमाले) का उम्मेद्वारहरुलाई भारी मतले विजयी गराउनका लागि ईटहरी उपमहानगरका २० वटै वडामा संगठनका वडा कमिटीलाई बैठक बसाल्न निर्देशन दिंई नेक्स्ट ईलेक्सन टार्गेट न्यु जेनेरेसनको अभियानलाई सफल पार्ने निर्णय गरिएको राष्ट्रिय युवा संघ नेपाल इटहरी नगर अध्यक्ष कमल दाहालले जानकारी दिनुभयो ।


