सुनसरी / हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।


 कोशी प्रदेशका पहाडी क्षेत्रमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका हुन्  । गएराति कोशी, गण्डकी र बाग्मती प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको छ ।


ठूलो वर्षाका कारण ताप्लेजुङको काबेली खोलामा पानीको सतह बढिरहेको छ । आज गण्डकी र बाग्मती प्रदेशमा हल्कादेखि मध्यम खालको वर्षाको अनुमान गरिएको छ ।

यस्तै, पश्चिम तराईमा पानी नपरे पनि आज मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान गरिएको छ  । पश्चिम तराईमा मनसुन सक्रिय भएको छैन । तर, त्यहाँ हिन्द महासागरमा बनेको बिपरजोय आँधीको प्रभाव हल्का पर्ने मौसमविद्ले बताएका छन् ।