सुनसरी / कोशी प्रदेश सरकार र प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिबीच आज वार्ता हुदैछ ।


वार्ता समिति सदस्य एवम् उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले आज बिहान  विग होटलमा पहिचान पक्षधरसँग औपचारिक वार्ता भईरहेको जानकारी दिए ।


माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिचान पक्षधरसँग वार्ताका लागि मन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वमा वार्ता समिति गठन गरेका थिए । वार्ता समितिमा उद्योग कृषि तथा सहकारी मन्त्री सिटौला र सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी सदस्य रहेका छन् ।


सरकारले वार्ताको आह्वान गरेपछि आइतबार पहिचान पक्षधरले पनि वार्ता समिति बनाएको थियो । गत फागुन १७ गते प्रदेशसभाले प्रदेश नं १ को नाम कोशी राखेपछि पहिचान पक्षधर नाम परिवर्तनको मागसहित आन्दोलन गरिरहेका छन् ।