सुनसरी / सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको १४ औं गाउँसभाको अधिवेशन सम्पन्न भएको छ ।


१४ औं गाउँसभाको अधिवेशनमा आर्थिक वर्षको २०८०/८१ गाउँपालिकाको नीति, योजना, बजेट तथा कार्यक्रम तर्जुमाको लागि संविधान, स्थानीय सरकार संचालन ऐनको अवधारणा, संघीय सरकारको निर्देशन, संघीय योजना, दिगो विकास लक्ष्य र अन्तराष्ट्रिय लक्षित कार्यक्रमको आधारहरूको विषयमा गाउँ सभा अधिवेशन सम्पन्न भएको छ ।


कार्यक्रमका प्रमुख अतिथि माननीय संविधान सभा सदस्य सुर्यदेव दास उराव , विशिष्ट अथिति उपाध्यक्ष सुनिता कुमारी उरावँ, प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरे , विभिन्न राजनीति दलका प्रतिनिधि तथा वडाध्यक्ष सहित गाउँसभा सदस्यहरू उपस्थिति रहेका थिए । कार्यक्रमको उद्घाटन प्रमुख अतिथ सुर्यदेव दास उरावले गरेका हुन् ।


 ७९/८० मा कुल बजेट संशोधित अनुमान ४८ करोड ४९ लाख रहेको थियो । विनियोजन अन्तरगत चालु खर्च तर्फ रु २७ करोड १७ लाख र पुजीगत तर्फ १९ करोड ३२७५ लाख रहेकोमा संशोधित खर्च जेष्ठ मशान्त सम्ममा कुल रु.३६ करोड ८९ लाख भएको जसमा चालु खर्च तर्फ ७५ प्रतिशत र पुजीगत तर्फ ६३ प्रतिशत भौतिक तथा वित्तिय प्रगति हासिल भएको भोक्राह नरसिंह गाउँपालिकाका अध्यक्ष अजमत अख्तर आजादले प्रस्तुत गरेका हुन् ।


आर्थिक वर्ष २०८०/०८१ को प्रस्तावित बजेटमा चालु तर्फ १३ करोड ३९ लाख ,आर्थिक विकास १ करोड ८१ लाख , सामाजिक विकास ३ करोड ९८ लाख ,पूर्वाधार विकास वडासमेत ४ करोड ६५ लाख, न्यायिक तथा विधेयक समिति १९ लाख ,सार्वजनिक सेवा तथा क्षमता विकास  ५७ लाख , कर्मचारी कल्याण कोष ५ लाख विपद तथा वातावरण विकास कोष ३० लाख, भैपरी आउने तथा आकस्मिक कोष ५० लाख तथा अन्य फिर्ता खर्च १ लाख , समपुरक कोष ३ करोड ५ लाख,मर्मत सम्भारकोष तर्फ ७५ लाख, गरिबी निवारण कोष तर्फ ५ लाख जस्ता शिर्षकहरूमा देहाय अनुसार रकम चालु तथा पूँजिगत अर्न्तगत विनियोजन बजेट भोक्राह नरसिंह गाउँपालिकाका अध्यक्ष अजमत अख्तर आजादले प्रस्तुत गरेका हुन् ।

 

आगामी ४ वर्ष भित्र शैक्षिक क्षेत्रमा सुधार, कृषि सिचाईमा पहुँच र उत्पादन वृद्धि, नागरिको आधारभूत स्वास्थ्य जनजिवनमा गुणात्मक परिवर्तन, वित्तिय व्यवस्थापन, स्वरोजगारमुलक व्यवसाय मार्फत रोजगारीका प्रत्याभूति र युवा प्रतिभाको प्रवर्द्धन एवं सामाजिक सांस्कृतिक जागरण आदि मार्फत गाउँवासीहरुको जिवनस्तरमा वृद्धि गरी समृद्ध र खुसी गाउँपालिका बनाउने गाउँपालिकाका अध्यक्ष अजमत अख्तर आजादले बताएका छन् ।


गाउँपालिकाका अध्यक्ष अजमत अख्तर आजादलाई प्रसंसा पत्र वितरण गरिएको छ । वडा अध्यक्षहरू तथा कर्मचारी तीन जनालाई सम्मान गरिएको छ । सहर देखि गाउँ सम्म विकास गर्न र कृषिमा हामीले चासो राखेको गाउँपालिकाका अध्यक्ष अजमत अख्तर आजादले उक्त कार्यक्रम बताएका छन् ।