सुनसरी / यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले जुन महिनालाई गौरवमय महिना प्राइड मन्थ मनाएका छन् । 




प्रदेश स्तरीय गौरव महिना २०२३ भएकाले साहारा समाजको आयोजनामा सोमबार इटहरीको त्रियुगा होटलमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले गौरवमय महिना प्राइड मन्थ २०२३ मनाएका छन् ।


सन् १९६९ जुन २८  मा न्यूयोर्क शहरको गे बार स्टोन वाल इनमा प्रहरीले छापा मारेर यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तिहरुलाई हिरासतमा लिएपछि उनिहरुको रिहाईका लागि धेरै दिनसम्म चलेको दंगा शृंखला र अन्त्यमा उनिहरुको रिहाइको सम्झनामा संसारभर यस समुदायले विभिन्न कार्यक्रम गरि जुन महिनालाई गौरवको महिनाको रुपमा मनाउने गरेको कार्यक्रमका मनाउने गरेको छ ।


कार्यक्रम विभिन्न नित्य कार्यक्रम भएको थियोे । विभिन्न कार्यक्रम गरि जुन महिनालाई गौरवको महिनाको रुपमा मनाउने गरेको छ ।  यस कार्यक्रमले यस समुदायमाथि हुने गरेको हिंसा, अन्यायविरुद्ध सँगै समुदायको हक अधिकार प्राप्तिको सुनिश्चितताका लागि पनि कार्यक्रम आयोजना गरिएको कार्यक्रमका संयोजक एक मानव कल्याण समाज इटहरी प्रमुख देव नारायण चौधरीले बताए ।