सुनसरी / इटहरीमा लगानी कर्ता तथा ब्यबसायीहरु सँग छल्फल गर्दै , धरान ४ स्थित भेडेटार नजिकै ६ सय ४० करोडको लगानीमा पाँच तारे होटलसहित टुरिष्ट भिलेजमा लगानी गर्न लगानी कर्ताहरुलाइ आह्वान गरिएको छ ।
धरान उपमहानगरपालिका वडा नम्बर ४ भेडेटार मा १७५ फिट अग्लो निमार्णधीन थाउजन बिग वुद्घ, सप्तकोशी नदी, धरान इटहरी, विराटनगर, भारतका केही अंश देखिने समुन्द्री तटवाट १२०० मिटर अग्लो डाँडामा निमार्ण हुदै गरेको क्यासीनो सहितको ५ तारे होटल वरिपरि बन्ने तिनसय व्यापारीक घरहरुमा लगानी गरी आफ्नो लगानी र भविष्य सुनिस्चित गर्न आह्वान गरिएको छ ।
टुरिष्ट ल्यान्ड आगामी २०२६ सम्म निर्माण सम्म गर्ने डाई कन्भेस्कका कार्यकारी अध्यक्ष देवेन्द्र बजगाईले बताए । जसमा चार करोड देखि लिएर सात करोड सम्ममा बन्ने कमर्सियल बिल्डिङहरुमा लगानीकर्ताहरुले लगानी गर्न सक्ने छन् ।
टुरिष्ट ल्याण्डमा बन्ने भवनहरु अत्याधुनिक प्रबिधि जडान गरि सस्तोमा र सबैको पहुँच पुग्ने गरी निर्माण गर्ने तयारी रहेको छ । नेपालमा बढी भन्दा वढि पर्यटन लोभ्याउन सफल व्यवसायी र पर्यटकहरुलाई सहज सुविधा हुने खालका व्यासायलाई दुरीष्टल्याण्डमा भित्राउने लक्ष राखेको अध्यक्ष देवेन्द्र बजगाईले बताए ।
उक्त क्षेत्रमा मात्र नभएर नजिकैका स्थानमा रहेका विभिन्न पर्यटकिय क्षेत्रमा पनि यसले पर्यटन प्रबर्द्धन गर्न मद्दत पुग्ने र टुरिजम ब्यबसायिलाइ सरकारले खासै वास्ता नगरेको हुदा आफुहरु सङठित भएर अघि बड्ने योजना सहित काम अघि बडाएको जनाइएको छ ।


