इटहरी। इटहरी उपमहानगरपालिका वडा नं.९ मा योजना तर्जुमा तयारी बैठक सम्पन्न भएको छ । आगामी आर्थिक वर्षको २०८०/८१ का लागि योजना छनौटको तयारीमा रहेको इटहरी उपमहानगरपालिका  वडा नं ९ ले आवश्यकता र प्राथमिकतालाई जोड दिँदै योजनाहरू सिफारिस गर्न सुझाव संकलन गरिरहेको छ ।  

         यस क्रममा वडा अध्यक्ष जितेन्द्र थापाले  वडाका जनप्रतिनिधि र कर्मचारी हरु कार्यक्रमहरूसंग सहकार्य गरि योजना छनौटको प्रक्रियालाई सहभागितामुलक बनाउँदै आम सरोकारवालाहरुको राय र सुझाव अनुसार योजनाहरू छनौट गर्न  लागिरहेका छन् ।

355398982_974268970273311_3174817676674891755_n

टोल स्तरमा योजना बैकको निर्माण गरी साना ठुला सबै योजनाहरूलाई एकीकृत गरी आगामी आर्थिक बर्षमा काम गर्ने वडा सदस्य सन्जु प्रधान को भनाई छ ।

355614878_123107440808216_1306249710456762193_n

वडा नं.९ का सबै टोल बिकास सस्थाका प्रतिनिधि, राजनितिक दलका प्रतिनिधि साथै  बालक्लबका प्रतिनिधि हरु संगको छलफलमा आगामी वर्षका लागि योजनाहरूको तयारी सहित हाल वडामा चलिरहेका र सम्पन्न भैसकेका योजनाहरूको प्रगतिका बारेमा समेत छलफल भएको वडा सदस्य सिबराम सर्माले बताएका छन । त्यस्तै अन्य  राजनितिक दलका प्रतिनिधिहरुले  वडाले संघ संस्था तथा राजनितिक दल हरूसंग यसरी राय सुझाव लिने कार्य गरेकामा खुसि ब्यक्त गर्दै आगामी दिनमा सबै योजना सबैको सहकार्यबाट अघि बढाउन सुझाव दिएका छन ।

355551548_117457218023343_6565594242600224607_n

शिक्षा, स्वास्थ्य, खानेपानी, बाटोघाटो, पार्किङ व्यवस्थापन, सहरी सौन्दर्यीकरण लगायतका विषयहरूमा छलफल भएको कार्यपालिका सदस्य राधिका पौडेलिले बताइन।