सुनसरी / इटहरी उपमहानगरपालिकाले ई-रिक्सा जिम्मा पाएसँगै तीन पाङ्ग्रे ई–रिक्सा (सिटी सफारी) को दर्ता प्रक्रिया अघि बढाएको छ ।  इटहरीमा मात्र हालसम्म ५० वटाभन्दा बढी सफारी दर्ता भइसकेको छ ।


प्रदेश सरकारले ई–रिक्सा व्यवस्थापनको जिम्मा स्थानीय तहलाई दिएपछि  नियमनको जिम्मा पाएपछि इटहरी उपमहानगरले आफैले नियमावली तयार गरी दर्ता प्रक्रिया अगाडि बढाएको हो ।  इटहरी उपमहानगरपालिकाले दर्तामा लाग्ने शुल्कसमेत घटाएको छ ।


 यसअघि पारित भएको सरसफाई तथा पार्किङ्ग शुल्क खारेज गर्ने, बिमा अनिवार्य नगर्ने, ई रिक्सा दर्ता शुल्क एक हजार ४ सय लाई घटाएर १ हजार एक सय रुपैया कायम गर्ने, बाटो इजाजत पत्र शुल्क १ हजार ५ सय लाई घटाएर १ हजार २ दुई कायम गर्ने निर्णय गरेको इटहरीका  मेयर हेमकर्ण पौडेलले बताएका छन् ।


ई-रिक्सालाई व्यवस्थित रूपमा लैजान दर्ता प्रक्रियामा नम्बरिङ पनि गर्ने भएको छ । जसले गर्दा ई–रिक्सा पहिचान गर्न ट्राफिक प्रहरीलाई सहज हुने भएको ट्रााफिकले बताए ।