सुनसरी / मोरङको केराबारी गाउँपालिका वडा ८ मा रहेको हजारविघा सामुदायिक वनमा ऐतिहासिक पहिचानले बनेको रोटेपिङ्गको निर्माण काम अन्तिम अवस्था आएको छ ।
मोरङको केराबारी गाउँपालिका वडा ८ मा रहेको हजारबिघा सामुदायिक वन उपभोक्ता समितिबाट निर्माण गरिएको ऐतिहासिक पहिचान बनेको रोटेपिङ्ग क्षेत्रमा रोटेपिङ्गको निर्माण काम अन्तिम अवस्था आएको छ ।
वन समुहले करिब ४ देखि ६ लाख रुपैया खर्चेर बालउद्यान , बोटानिकल गार्डेन सहित घेराबार गरेर रोटेपिङ्ग नामलाई जोगाउन रोटेपङ्ग निर्माण गरिएको छ ।
यहाँ विभिन्न जिल्लाका तथा आन्तरिक पर्यटकलाई आकर्षित बनाउन निर्माण गरिएको सामुदायिक वन समितिका अध्यक्ष रुद्रवहादुर खत्रीले बताए । रोटेपिङ्ग सँगै लिंगेपिंग पनि निर्माण गर्ने क्रममा रहेको उनले बताए ।


