सुनसरी / मोरङको सुन्दरहरैचा - ५ स्थित बाँसबारी चोकमा गएराती मोटरसाईकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।
सुन्दरहरैचा नगरपालिका- ५ स्थित बाँसबारी– डिपु सडक खण्डमा रहेको पैनीमा मोटरसाइकल खस्दा स्थानीय ४५ वर्षीय शिवनाथ आचार्यको मृत्यु भएको छ ।
प्रदेश–१ ०२–०५० प ८०८४ नम्बरको बुलेट बाइक बिहीबार राति आफै अनियन्त्रित भइ दुर्घटना हुँदा दुर्घटना भएको थियोे । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार आचार्यले मापसे गरी मोटरसाइकल चलाउँदा दुर्घटना भएको हुनसक्ने खुलेको छ ।
आज बिहान साढे ५ बजेतिर स्थानीयले मोटरसाइकल सहित नालीमा खसेको देखेपछि प्रहरीमा खबर गरेका थिए । पैनीमा मोटरसाइकलसहित खसेका उनको घटना स्थलमा नै मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले बताएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


