सुनसरी /  मोरङको केराबारी गाउँपालिकाको १२ औं आर्थिक वर्ष २०८०/८१ गाउँ सभा अधिवेशनमा बजेट तथा कार्ययोजना पारित भएको हो ।


१२ औं गाउँसभाको अधिवेशनमा आर्थिक वर्षको २०८०/८१ गाउँपालिकाले निति तथा कार्य योजना पेश गरेपछि बजेट तथा कार्यक्रममा गाउँपालिकाका १० वटामा रहेका धार्मिक क्षेत्र , सामुदायिक विद्यालय , सामुदायिक वन , पर्यटन स्थल , यातायात तथा सडक , स्वास्थ ,शिक्षा, खानेपानी , ऐतिहासिक क्षेत्रका निति तथा प्रस्तुत कार्यक्रमका विषयमा बजेट तथा कार्ययोजना पारित  भएको छ ।


१२ औं गाउँसभाको अधिवेशनमा गत आर्थिक वर्षको २०७८/७९ को वार्षिक वास्तविक आय व्ययमा कुल जम्मा रु. ७४ करोड ४७ लाख २ हजारा रहेको र व्यय तर्फ जम्मा खर्च ५६ करोड २२ लाख २४ हजार रुपैयाँ रहेको छ ।


आगामी वर्ष २०८०/८१ आन्तरिक आयबाट रु ३ करोड ५० लाख, संघिय सरकारबाट अनुदान जम्मा रु ३३ करोड ६९ लाख ८० हजार, प्रदेश सरकारबाट अनुदान जम्मा २ करोड २३ लाख ५४ हजार राजस्व बाडफाँड जम्मा रु १८ करोड ५१ लाख ५२ हजार बैंक मौज्दात ५ करोड २२ लाख ६९ हजार लागत सहभागिता १ लाख तथा जिल्ला समन्वय समितिवाट रु १ करोड गरि ७७ करोड १८ लाख ५५ हजार आय अनुमान गरिएको उपाध्यक्ष मनमाया मगरले बताउनु भएको छ ।


बहुबर्षिय योजना र क्रमागत योजना तथा गाउँपालिका स्तरिय योजनामा गरिएको बिनियोजन अनुसुचिमा संलग्न रहेको छ । योजना तर्फ गत आर्थिक वर्ष २०७९/०८० मा सम्झौता भएका कुल १३ वटा योजनाहरुमध्ये सबै योजना निर्माण सम्पन्न भईसकेको छ ।

 १० वटा वडाका वडा अध्यक्ष , वडा सदस्यले नीति तथा कार्ययोजनाका विषयमा छलफल गरेका थिए । वडाअध्यक्षहरूले निति तथा योजनाको विषयलाई राम्रा नराम्रा जस्ता टिप्पणी गरेका थिए । तेस्रो कार्ययोजनामा बजेट तथा कार्यक्रममा वडाका सदस्यले आफ्नो धारणा व्यक्त गरेका थिए ।  निति तथा कार्ययोजना विषयमा प्रवक्ता तथा कार्यपालिका सदस्य नारायण भुजेलले जवाफ दिएका दिए ।


बजेट तथा कार्यक्रम उठेका विषयमा उपाध्यक्ष मनमाया टिप्पणी विकास तथा पहल गरीने बताउनु भएको छ । केराबारी गाउँपालिकाको सभा पेश उपाध्यक्ष मनमाया मगरले गर्नु भएको छ । सभाका अध्यक्ष सुमन मिरिङचिङ पेश पारित गरेका छन् ।


 यो वर्ष हाम्रो श्रमदान वर्षको हुने सभा अध्यक्ष सुमन मिरिङचिङले कार्यक्रममा बताउनु भएको छ । कार्यलयका कर्मचारी चारजनालाई सम्मान तथा एक जनालाई सर्वोकृष्ठ सम्मान गरिएको छ । भोलि कार्यन्वयनमा लागि छलफल हुने भएको छ ।