सुनसरी / बिहे भईरहेको अवस्थामा विवाह मण्डपबाटै झापाको गौरादहबाट इटहरीका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्न खोज्नेलाई प्रहरीले सुनसरीको इटहरी उपमहानगर वडा नम्बर - १९ का साजन चौधरीलाई इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको छ ।
झापाको गौरादह - २ झापाकी एक युवतीसँग विवाह गरी अन्माउने बेलामा प्रहरी पुगेपछि श्रीमतीको उजुरीका आधारमा चौधरीलाई विवाहमण्डप बाट नै प्रहरीले नियन्त्रणमा लिइएको छ । पक्राउ परेका चौधरीलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


