सुनसरी / मोरङको पथरी शनिश्चरेमा बाल क्लबका लागि पहुँच प्रयोग र अपाङ्गता सम्वन्धी अभिमुखीकरण कार्यक्रमको भएको छ । 


शुक्रबार नगरपालिकाको सभाहलमा भएको कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख मोहनप्रसाद तुम्वापो उपस्थिति रहेको थियोे । तुम्वापोले बालबालिकासँग सम्वन्धी संयन्त्रको पहुँच प्रयोगसँग सम्वन्धित रहेर आफ्ना भनाइ राखेका थिए ।


कार्यक्रममा वडा नं. १, २, ३, ७ र १० का बाल क्लब/ बाल सञ्जालका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा भएको अभिमुखीकरण कार्यक्रम दुई दिनसम्म सञ्चालन भएको हो । 


कार्यक्रम सञ्चालन एवं सहजीकरण महिला तथा बालबालिका शाखा प्रमुख गिता कट्टेल र नगर बाल सञ्जाल अध्यक्ष मुरारी खनालले गरेका हुन् ।