सुनसरी / इटहरीबाट आठ किलो भन्दा बढी यार्सागुम्बासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।


बिहीबार दिउँसो कोशी राजमार्गको  इटहरी - २० तरहराबाट८ किलो दुई सय ग्राम यार्सागुम्बासहित  धरान -  बस्ने ४२ वर्षीय  छजुङ्ग  भोटे र  धरान - १९ का पुष्पराज राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।


धरानबाट इटहरी आँउदै गरेको को २ ह १०७ नम्बरको अटोलाई चेकजाँचका क्रममा अटो चाल सहित दुई जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार छजुङ्ग भोटे बसेको सिट पछाडीको भागमा रातो रङको स्याउको कार्टुन भित्र लुकाई  राखेको अवस्थामा ८ किलो २५० ग्राम दुर्लभ बनस्पती यार्सागुम्बा फेला परेको  हो ।


यार्सागुम्बा ओसार प्रसार गर्न प्रयोग गरेको को २ ह १०७ नम्बरको अटो र यार्सागुम्बासहित पक्राउ परेका दुई जनालाई प्रहरीले कारवाहीका लागि सव डिभिजन वन कार्यालय तरहरामा बुझाएको प्रहरीले जनाएको छ ।