सुनसरी / इटहरीको  जनता माध्यमिक विद्यालयमा यो वर्षदेखि कानुन विषयका कक्षाहरु सञ्चालन हुने भएको छ । विद्यार्थीहरुप्रति कानुन विषयको रुचीलाई ध्यानमा राख्दै कक्षा ११ र १२ मा उक्त विषयका कक्षाहरु थप गरिएको छ ।


प्रत्येक वर्ष थप कक्षा र विषयहरु राखेर विद्यार्थीहरुलाई व्यवहारिक र उपयोगि शिक्षा दिन आफूहरु अग्रसर बनेको विद्यालयका प्रिन्सिपल पशुपती सिग्देलले जानकारी दिए ।  शिक्षा, मानवीकी, व्यवस्थापन विषयका कक्षाहरु पढाइ हुने गरेको छ ।


स्कुलको कक्षा ११ र १२ मा गरेर अहिले ८५० जना विद्यार्थी अध्ययनरतछन् । विषय थपसँगै विद्यालयको थप कोठा निर्माण कार्य पनि तीव्र गतिमा अघि बढाइएको छ । जसको कारण यो वर्ष एक हजार जना थप विद्यार्थी भर्ना लिने तयारी रहेको व्यवस्थापन समिति अध्यक्ष काशीनाथ दंगालले बताए ।


 गरीब तथा जेहेन्दार विद्यार्थीको लागि छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ ।  अध्यापन र व्यवस्थापन राम्रो भएकैले विद्यार्थीले उत्कृस्ठ नतिजा प्राप्त गर्ने गरेका छन् । यस विद्यालयको पूर्वाधार विकासमा प्रदेश र संघीय सरकारले लगानी गरिरहेको छ ।