सुनसरी / उर्लाबारीका आर्थिक अवस्था कमजोर भएका तथा विपन्न उपभोक्तालाई बेतेनी सामुदायिक बन उपभोत्ता समुहले बाख्रा र सुँगुरका पाठा वितरण गरेको छ ।
हिजो शनिबार मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर - २ स्थित सो समूहले ३० जना उपभोक्ताहरुलाई बाख्रा र सुँगुरका पाठा वितरण गरेको छ ।
आर्थिक अवस्था कमजोर भएका विपन्न उपभोक्ताहरुलाई आय आर्जनमा सेवा तथा टेवा पुर्याउँदै आर्थिक रुपमा आत्मनिर्भर बनाउने उद्देश्यले बाख्रा र सुँगुरका पाठा वितरण गरेको बेतेनी सामुदायिक समूहका अध्यक्ष भीमबहादुर राईले जानकारी दिए ।


