इटहरी / भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको चौधौं गाउँसभाको अधिवेशनमा ५२ करोड ५७ लाख ९२ हजार १ सय ७० रूपैयाँ बराबरको बजेट ल्याएको छ । आगामी वर्षको वार्षिक बजेट टेम्केमैयुङ गाउँपालिका सभाकी उपध्याक्ष रमादेवि राईले बजेट प्रस्तुत गरेकी हुन् ।


सभा मार्फत चालु तर्फ ३६ करोड ९३ लाख ६९ हजार नौ सय र पुँजीगत तर्फ १५ करोड ६४ लाख २३ हजार बराबरको बजेट गाउँपालिका उपाध्यक्ष रमादेवी राईले सार्वजनिक गरेकी हुन् । 


"कृषि, पर्यटन र साँस्कृतिक पूर्वाधार, टेम्केमैयुङ विकासको आधार" भन्ने मुल नाराका साथ टेम्केमैयुङ गाँउपालिकालाई पूर्वाधार विकास अन्तर्गतका सडक, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, सांस्कृतिक क्षेत्र, व्यापार, खेलकुद लगायतका माध्यमबाट आर्थिक, सामाजिक- तथा सांस्कृतिक, खानेपानी , सामुदायिक विद्यालय , प्रविधि विकास ,सामाजिक विकास ,अपाङ्गता, जेष्ठ नागरिक, ,संस्कृति ,भाषा कला , साहित्य ,वन वातावरण तथा सरसफाइ , सुचना संचार , यातायात तथा भौतिक पूर्वाधार निर्माण लगाएत क्षेत्रमा विकास निर्माण गर्ने लक्ष्य रहेको सभाकी उपाध्यक्ष रमादेवी राईले प्रस्तुत गरेकी हुन् । 



सभा मार्फत चालु तर्फ ३६ करोड ९३ लाख ६९ हजार नौ सय र पुँजीगत तर्फ १५ करोड ६४ लाख २३ हजार बराबरको बजेट गाउँपालिका उपाध्यक्ष रमादेवी राईले सार्वजनिक गरेकी हुन् । 



गाउँपालिकाको आम्दानीको दायर कमजोरसँगै केन्द्र सरकार र प्रदेश सरकारबाट आउने बजेट कटौती हुँदा योजना सञ्चालन तथा व्यावस्थापनमा समस्या भएको गाउँपालिका सभा अध्यक्ष सरोज बस्नेतले बताए । स्थानीयबाट धेरै योजनाको माग भएपछि माग अनुसारको योजना सञ्चालनमा कठिनाई भएकाले जनप्रतिनिधिहरुले जनताको गालि खानुपर्ने अवस्था सिर्जना भएको अध्यक्ष बस्नेतको भनाइ छ ।  नीति तथा बजेट गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले पेश गरेका छन् ।


सभाले विनियोजन विद्येयक २०७९ र आर्थिक संधोधन विद्येयक सर्वसम्मत रुपमा पारित गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय सन्दिप न्यौपानेले प्रस्तुत बजेटमा जानकारी दिए ।

IMG_20230626_152151

स्थानीय सरकारको दोस्रो कार्यकालको १ वर्ष पुरा गरिसकेको अवस्थामा यस आ.ब.मा नयाँ सडक खोल्ने कार्य करिव १५.१२ कि.मि. र ९०.९० कि.मि. स्तरोन्नति गरिसकिएको छ भने करिव २.७ कि.मि. सडक ग्राभेल गरिसकिएको  उपाध्यक्ष रमादेवि राईले बताइन् ।


 नीति तथा कार्यक्रमको पहिलो र एकमात्र उदेश्य भनेको सुशासन, विकास र सेवा प्रवाहमा गुणस्तरियता तथा सबैको समतामूलक पहुच नै हो त्यसको लागि आगामी आ.ब. २०८०/८१ को लागि संघीय र प्रदेश अर्थ मन्त्रालयबाट वित्तीय समानीकरण अनुदान अन्तर्गत देहाय बमोजिम वजेट प्राप्त भएको छ ।


 उक्त बजेट रकमलाई गाँउपालिका र वडाको लागि छुट्टा छुटै बजेट सिलिङ तयार भएको र वडाहरुबाट आयोजना तथा कार्यक्रमहरु छनोट भैसकेको  छ । उत्पादन र रोजगारसँग जोडिएका आयोजना तथा कार्यक्रमहरुलाई प्रमुख प्राथमिकतामा राखी बजेट विनियोजन गरिनेछ र आगामी दिनमा विकास योजना र कार्यक्रमहरु संचालनमा थप प्रभावकारिता ल्याउनको लागि सोही मोजिमको निति तथा कार्यक्रम प्रस्ताव गरिएको छ ।IMG_4633-768x512