इटहरी / मोरङको रंगेली नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ७३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आठौँ नगर सभामा उपप्रमुख भूमा पराजुलीले ७३ करोड २८ लाख ४३ हजार रुपैयाँको वार्षिक बजेट प्रस्तुत गरेकी हुन् ।
नगरपालिका मेयर दिलिप वगडियाले विभिन्न विषयगत समुह र बजेट तर्जुमा समिति बाट सिफारीश भई कार्यपालिकाबाट निर्णय भई बजेट आएको जानकारी दिए ।
नगरसभामा रंगेली नगरपालिकाको गत वर्ष भन्दा २० करोड घटीको बजेट ल्याएको छ । गत वर्ष नगरसभाले रंगेलीको बजेट ९२ करोड २ लाख सन्ताउन्न हजार पच्चिश रुपैयाको ल्याएको थियो ।
उपप्रमुख पराजुलीले चालु तर्फ ४९ करोड ९६ लाख २६ हजार ३ सय २० रुपैयाँ र पुँजीगततर्फ २३ करोड ३२ लाख १६ हजार ६ सय ८० रुपैयाँ विनियोजन गरिएको बताइन् ।
जस अन्तर्गत नेपाल सरकार समानिकरणमा १४ करोड ६४ लाख, नेपाल सरकार राजश्व बाँडफाँड अन्तर्गत ११ करोड ७३ लाख ४७ हजार, प्रदेश समानिकरणमा ९३ लाख ७२ हजार, प्रदेश राजश्व बाँडफाँडमा ७८ लाख ९८ हजार रुपैयाँ बजेट विनियोजन भएको छ ।
नगरसभाले संघिय सरकारले अबलम्वन गरेको आर्थिक तथा वित्तिय नीतिहरु तथा स्थानिय सरकार सञ्चालन ऐन, नेपालको संविधानमा उल्लेखित मौलिक हकहरु र स्थानिय समस्याहरुलाई आधार बनाएर जनसहभागीता मुलक योजनालाई बजेटले जोड दिदै बजेट ल्याएको छ ।
नगरपालिका मेयर दिलिप वगडियाले विभिन्न विषयगत समुह र बजेट तर्जुमा समिति बाट सिफारीश भई कार्यपालिकाबाट निर्णय भई बजेट आएको जानकारी दिए ।
बजेटले रंगेली नगरभित्रका सामुदायीक विद्यालयबाट ८ कक्षा उतिरण छात्रछात्रालाई साइकल वितरण, उन्नत जातको पशु र गोठ सुधार कार्यक्रम र डेरी प्रर्वद्धन कार्य, कृषि सहकारी र महिला समुहलाई प्रोत्साहन, सहकारी विवरण र गतिविधीलाई अनलाईन मार्फत व्यवस्थापन, रोजगार प्रवद्र्धन तथा गरिवी न्युनिकरण गर्न बजेट छुट्टाएको छ ।
प्राविधिक शिक्षा विद्यालयलाई उचित सहयोग र अनुदानको व्यवस्था, उत्कृष्ट कार्य सम्पादन गर्ने निजि तथा सामुदायी विद्यालयलाई पुरस्कृत र सम्मान गरिने, ५ कक्षाका विद्यार्थीहरुका लागी दिवा पोषण आहार, स्वास्थ्य सेवालाई सुदृढिकरण, निशुल्क औषधी, ८० बर्ष पुगेका जेष्ठ नागरिकहरू लाई घर मा गैएर उपचार ,विपन्न वर्गलाई सरकारी अस्पताल बाट उपचारकालागी आर्थिक साहयता, टोल टोलमा विजुली बत्ती उज्यालो अभियान, वडा कार्यालय नभएका वडामा कार्यालय भवन निर्माण, प्रहरीसंगको सहकार्यमा सिसिटिभी जडान, नगरका अन्य मठमन्दिर,मस्जीद, गुम्बा धार्मिक स्थलको संरक्षण र सम्वर्धन, फोहर व्यवस्थापन, लगाएत क्षेत्रमा बजेटमा समेटिएको छ ।


