सुनसरी / झापाको शिवसताक्षी नगरपालिकामा दुईवटा सवारीसाधन एकआपसमा ठोक्किँएर  दुर्घटना हुँदा दुईजना मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । 


मंगलबार बिहान पश्चिमबाट पूर्वतर्फ गइरहेको मालबाहक ट्रकले  विपरीत दिशाबाट आएको कारलाई ठक्कर दिँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको हो।


मृत्यु हुनेमा मोरङ उर्लाबारीका ४० वर्षिय गुरूचरण चौधरी र १७ वर्षीया कुमकुम चौधरी छन्। मृतक बाबुछोरी हुन्। गम्भीर घाइते भएका उनीहरूलाई बीएन्डसी अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय झापाकाले जनाएको छ ।


घाइते भएकाहरूको सोहो अस्पतालमा उपचार भइरहको छ। घाइते र सवारीसाधनको पहिचान नम्बर खुल्न सकेको छैन । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।