सुनसरी / नेपालबाट कोरिया गएको दुई महिना नबित्दै झापा विर्तामोडको छत्र बस्नेत कोरियामा मृत भेटिएका छन् ।


छन्लाफोक्दोको घाना कम्पनीमा कार्यरत उनी  सोमबार विहान काममा जाँदा कम्पनीले काम गर्न नदिएर नेपाल पठाइ दिने भनेर गाली गरेर रूम फर्काएका थिए ।


मंगलबार विहान काममा नगएपछि कम्पनीका व्यक्तिले रूममा आएर हेर्दा मृत अबस्थामा भेटिएको उनका मामा भक्त मनोक्रान्तीले  जानकारी दिएका छन् ।