सुनसरी  : मोरङको बेलबारी नगरपालिका वडा नम्बर - १ मा रहेको जनएकता आधारभुत विद्यालयमा सहयोगीदाताहरुलाई सम्मान तथा छात्रबृति वितरण गरिएको  छ । 


मंगलबार बेलबारी नगरपालिकाका उपप्रमुख नितु थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सम्पन्न भएको छ ।  कार्यक्रममा ३४ जना विद्यार्थीहरुलाई ४ सयका दरले छात्रबृति वितरण गरिएको छ । 


विद्यालयलाई शैक्षिक सामाग्री सहित स्वास्थ्य सामाग्री प्रदान गर्ने राजेश खत्री,कर्णबहादुर राई,काजीबहादुर थापा,भरत श्रेष्ठ,राजकुमार श्रेष्ठ,राजेश शाह लगायतलाई सम्मान गरिएको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कोषराज श्रेष्ठ (बाबुराम) ले जानकारी दिएका छन् ।