इटहरी : मोरङको बेलबारी - ११ लक्ष्मीमार्गबाट बिद्युतिय पोईन्ट नियन्त्रण बिन्दु स्थापना गरेर नापजाँचको काम शुरु भएको छ ।
भुमिहिन दलित,सुकुम्बासी तथा अब्यबस्थित बसोबासका लागि जग्गा प्राप्ति सहित समस्या समाधानका लागि नापजाँचका लागि नियन्त्रण बिन्दु स्थापना गरिएको हो । बिन्दु स्थापना कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई,उपप्रमुख नितु थापा (कोईराला) वडाध्यक्ष बिक्रम बान्तवा राई,राष्ट्रिय भुमि आयोग जिल्ला समिति मोरङका बिज्ञ सदस्य प्रेमराज भारती,प्राबिधिक टोली सहितको उपस्थिति रहेका थिए ।
बेलबारी नगरपालिकामा नापजाँचका लागि लक्ष्मीमार्गबाट काम शुरु भएको र अन्य वडामा समेत सो कार्य निरन्तरता पाउने भुमिहिन दलित,भुमिहिन सुकुम्बासी,तथा अब्यबस्थित बसोबास सेवा केन्द्र बेलबारीका कार्यक्रम संयोजक अष्टनारायण धिमालले बताए ।


