सुनसरी : इटहरी उपमहानगरपालिकाले इटहरी चोकमा दुई वटा आकाशे पुल निर्माण गर्ने आगामी वर्षको बजेटमा विनियोजन गरेको छ ।


इटहरी उपमहानगरपालिकाले धरान विराटनगर कोशी राजमार्गको इटहरी खण्ड मुख्य बजार क्षेत्रमा २ वटा आकाशे पल निर्माण गरिनेछ । यसको लागि आवश्यक बजेट विनियोजन गरेको गरेको उपमेयर संगीता कुमारी चौधरीले नगरको १३ औं नगरसभामा आइतबार प्रस्तुत बजटमा समेटिएको हो ।


त्यस्तै इटहरीको मुख्य समस्या रहेको इटहरी वडा नं. ६ हुँदै मुख्य बजार क्षेत्र भएर बग्ने खेतीखोला र टेंग्रा खोलाको अवरोध हटाई रिभर करिडोर र ग्रिन बेल्ट (हरित पार्क) निर्माण गरिनेछ । यसको लागि आवश्यक बजेट विनियोजन गरेको प्रस्तुत गरेको बजेट भाषणमा उपमेयर संगीता कुमारी चौधरीले प्रस्तुत गरेकि हुन् ।