काठमाडौं | बकर ईदको अवसरमा भोलि सरकाले देशभर सार्वजनिक बिदा दिएको छ ।
इस्लाम धर्मालम्बीहरुको पर्व बकर इदको अवसरमा असार १४ भोलि बिहीबार गृहमन्त्रालयले एक सूचना जारी गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।
’नेपाल राजपत्रमा मिति २०७९/ १२/०२ गतेका दिन प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईद (ईद उल अजहा) वि सं. २०८० साल असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’ सुचना भनिएको छ ।


