विराटनगर / प्रदेश नम्बर १ को नाम कोशी राखिएपछि आन्दोलित बनेका पहिचानवादी र प्रदेश सरकारबीच आज हुने भनिएको वार्ता स्थगित भएको छ ।


फागुन १७ गते  प्रदेश १ ले कोशी नाम पाएसँगै आन्दोलन गरिरहेका प्रदेशको नाम पुनः संशोधन गर्न माग गर्दै आन्दोलनरत पक्षले सरकारसँग वार्तामा बस्न अस्वीकार गरेपछि आजको लागि निर्धारित वार्ता स्थगित भएको हो ।


एउटै मिति, स्थान र उही समयमा अर्को पक्षसँग पनि सरकार वार्ता बस्ने भएपछि वातावरण अन्योलपूर्ण भएको भन्दै संघर्ष समितिले वार्ताको वातावरण नभएसम्म वार्तामा नबस्ने जनाएको छ।


यता,  प्रदेश सरकारका  वार्ता  टोलीका  संयोजक  खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री  तीलकुमार मेन्याङ्बोले  वार्तामा बोलाएका संघर्ष समितिका कतिपय प्रतिनिधिले  नभ्याउने भएपछि वार्ता नबस्ने निर्णय भएको बताए।IMG_20230628_164954