विराटनगर / कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संसद (प्रदेशसभा) बाट आज बिहीबार विश्वासको मत लिँदै छन्। 


नेकपा एमाले कोसी प्रदेश संसदीय दलका नेतासमेत रहेका कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको तेस्रो अधिवेशन दिउँसो १ बजेका लागि बोलाइएको छ । तेस्रो अधिवेशनको पहिलो बैठकबाटै उनले विश्वासको मत लिने भएका हुन् ।


सत्तासाझेदार दल जनता समाजवादी पार्टी जनता समाजवादि र नेकपा माओवादी केन्द्रले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संसदमा आफ्नो बहुमतसिद्ध गर्न मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्था आएको हो। 


९३ सदस्यीय कोशी प्रदेशसभामा मुख्यमन्त्री कार्कीलाई एमालेका ४० र राप्रपाका ६ गरी ४६ जना प्रदेशसभा सदस्यको समर्थन छ।मुख्यमन्त्रीले विश्वासको मत नपाए अर्को दललाई बहुमत जुटाएर सरकार गठन गर्न पनि अप्ठ्यारो छ।