काठमाडौं : इस्लाम धर्मावलम्बीहरुले बज बकरिद (इद उल अजहा) मनाउँदैछन् । यो पर्व इस्लामहरूको रमजानपछिको दोस्रो ठूलो चाड हो ।
रमजान पर्वको ७० औँ दिनमा मनाउने यो पर्वमा आर्थिकरूपमा सबल मानिसहरु हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् । यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमानहरुले धर्मले जायज मानेका जनावरलाई बलि (कुर्बानी) दिने गर्दछन् ।
धार्मिक मान्यताअनुसार अल्लाका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माइललाई कुर्बानी गर्नुपर्ने आदेश पालना गर्न लाग्दा अल्लाह प्रसत्र भएर इस्माइलको कुर्बानीको सटृा स्वर्ग जत्रतमा पालिएका दुम्बाको कुर्बानी गरिएकाले सोही बमोजिम अहिलेसम्म पशुको कुर्बानी दिने धार्मिक मान्यतालाई मुसलमानहरुले कायम राखेको पाइएको छ ।
इस्लामिक मान्यताका अनुसार हजरत इब्राहिमले यस दिन आफ्नो छोरा हजरत इस्माइललाई अल्लाहको मार्गमा बलिदान दिन गइरहेका थिए । अल्लाहले आफ्नो छोरालाई जीवन दिनुभएको सम्झनामा यो पर्व मनाइन्छ ।
अरब देशमा आज मनाइएको बकरिद नेपाल, भारत, पाकिस्तान, बङ्गलादेशमा भोलि मनाइने भएको छ । किनकि यी देशका नागरिकहरुले अरब देशको भन्दा एक दिन पछि चन्द्रमा हेर्न पाएका हुन्छ । इस्लाम धर्मालम्बीहरुको पर्व बकर इदको अवसरमा आज गृहमन्त्रालयले एक सूचना जारी गर्दै देशभर सार्वजनिक बिदा दिएको छ ।


