इटहरी :  धरानमा डेंगु रोग फैलिदै गएको छ । 


धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले दैनिक एक सय जनाको हाराहारीमा डेङगुका बिरामी थपिने गरेको जनाएको छ ।धरानका वडा नम्बर ८, ११, १५, १६, १७ र १८ मा डेंगुको प्रभाव बढी देखिएको छ ।


धरानमा डेंगु बढेपछि प्रदेश सरुवा रोग नियन्त्रण महाशाखा काठमाडौँ र प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाको टोली धरान आउने भएको छ । यसका साथै वडा वडामा लामखुट्टे मार्ने विषादीहरुसमेत छर्किन थालिएको छ ।


कोरोनाकाल अघि डेङगुले महामारीको रुप लिएको धरानमा कोरोना पछि दोस्रो पटक यसपालि वर्षा सुरु सँगै बढेको हो ।

डेङगुका केही बिरामीहरूमा जटिल समस्या भई आन्तरिक रक्तस्राव, झटका र मृत्यु समेत हुन सक्ने  भएकाले गम्भीर बिरामीलाई अस्पताल लैजान जरुरी हुन्छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार डेङगु सबैभन्दा छिटो फैलिने र ज्वरो शीर्ष १० विश्वव्यापी स्वास्थ्य खतराहरू मध्ये एक हो । डेङगु ५० वर्षको अवधिमा विश्वव्यापी रूपमा ३० गुणा वृद्धि भएको छ ।