विराटनगर : कोशी प्रदेशसभाको स्थिगित भएको बैठक आज शुक्रबार बिहान ११ बजे बस्ने भएको छ ।


कोशी प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै बैठक बिहिबार राति ८ बजे बस्ने भनिएको बैठक भोलि बस्ने जानकारी दिएको हो । प्रदेशसभाका सचिव गोपाल प्रसाद पराजुलीले जारी गरेको सूचनामा विशेष कारणवश आज राति ८ बजे प्रदेशसभाको बैठक बस्न नसकेकाले शुक्रबार बिहान ११ बस्ने जनाइएको छ ।


कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार बिहान ८ बजेसम्मका लागि बैठक स्थगन गर्न आग्रह गरी सभामुखलाई पत्र पठाएका थिए । संसद्‌मा उठेका प्रश्नको जवाफ तयार पार्न भन्दै मुख्यमन्त्री बाहिर निस्किएका थिए ।