सुनसरी / अखिल नेपाल महिला संघ कोशी प्रदेशको  प्रथम ऐतिहासिक सम्मेलन सम्पन्न भएको छ ।


इटहरीमा शनिबार अखिल नेपाल महिला संघ कोशी प्रदेशको नयाँ नेतृत्व चयन गर्ने सम्मेलन भएको हो । "समृद्द नेपाल सुखी नेपाली हाम्रो अभियान समान सहभागिताका लागि सुदृढ सङठन"मुल नाराका साथ सम्मेलन सङ्घले काम गरि रहेको छ । बिगत बाट शिक्षा लिएर भविष्यमा काम गर्ने नेतृत्व जन्माउने उदेश्यका साथ कार्यक्रम भएको थियो ।


हामिले यस नयाँ नेतृत्व लिएर महिलाका हक अधिकार पूरा गर्ने छौं । महिलामा हुने गलत काम अन्त्य गर्नु आवश्यक रहेको , महिला अगाडि बढ्न पाउने अधिकार हुनुपर्ने कुरा उठाइन् कोशी प्रदेशमा १ लाख सदस्य पुर्याउने अखिल नेपाल महिला संघ पुर्वसभामुख शिवमाया तुम्बाहाम्फेले बताइन् ।


महिलाहरूले पाउने हल अधिकार पाउनु पर्ने महिला सहसम्मान पाउने हक अधिकार बराबर पाउनु पर्ने , महिलाहरूलाई हरेक ठाउँ ३३ प्रतिशत सहभागी हुनुपर्ने , पुरूषको साथ र सहयोग बिना हामी अगाडि नबढ्ने , महिला र पुरूष हाते मालो गर्दे अगाडि बढ्नु पर्ने आवश्यक रहेको अखिल नेपाल महिला संघ कोशी प्रदेशकी केन्द्रिय अध्यक्ष टुका हमालले बताइन् ।


विशिष्ट अथिति पार्टी स्थायी कमिटिका सदस्य पुर्वसभामुख मन्त्री शिवमाया तुम्बाहाम्फे ,प्रमुख अथिति महिला संघ कोशी प्रदेशकी केन्द्रिय अध्यक्ष टुका हमला , कोशी प्रदेशका सभा सदस्य रेवती रमण भण्डारी , १४ जिल्ला प्रतिनिधित्व  र अखिल नेपाल महिला संघ कोशी प्रदेश भरीका महिलाहरुको उपस्थिती रहेको थियो ।


जहानियाँ राणाशासनको अन्त्य लगत्तै अर्थात् २००८ साल फागुन २४ गते अखिल नेपाल महिला संघको स्थापना भएको थियोे । प्रगतिशील, प्रजातन्त्रप्रेमी, देशभक्त नेपाली महिलाहरूको स्वतन्त्र संगठन, मजदुर, किसान, गृहिणी, विभिन्न पेशामा संलग्न महिला, युवा, विद्यार्थीहरूको नेतृत्वदायी प्रतिनिधित्व रहेको संगठन हो । 


यो देशभरिबाट १० लाख भन्दा बढि सदस्यता रहेको नेपाली महिलाहरूको सबैभन्दा ठूलो संगठन हो । देशका ७५ जिल्लाको स्थानीय तहदेखि राष्ट्रियस्तरसम्म फैलिएको छ ।

IMG_20230701_150033