सुनसरी : इटहरी जेसिजले असार ९ गतेदेखि सञ्चालन गरेको सप्ताह कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
जेसिजमा सिकेका सिकाईहरुलाई समाजमा हस्तान्तरण गर्न प्रत्येक वर्ष जेसीजहरुले जेसीज सप्ताहको आयोजना गर्ने गरेको छ । समाजलाई असल नागरिक हस्तान्तरण गर्ने जेसीजको मुल उदेश्य रहेको छ ।
जेसीजले व्यक्तीत्व तथा नेतृत्व क्षमता विकाशका निमिक्त विभिन्न किसीमका तालिम सेमीनारको आयोजना गर्नुका साथै शिक्षा, स्वस्थ लगायत अन्य क्षेत्रहरुमा रहेर आफ्ना गतिविधीहरु गरेको छ । भोलीको युवा नेतृत्व शीर्षकमा कार्यक्रमका वक्ताहरूले प्यानेल डीस्कसन गरेका हुन् ।
इटहरी जेसिजहरुले चाडको रुपमा मनाउने जेसीज सप्ताह गत असार ९ गतेदेखि १६ गते सम्म विभीन्न कार्यक्रम हरुको आयोजना गरि जेसीज सप्ताहको सातौ तथा अन्तिम दिन लिडर्स फर टुमारो कार्यक्रम गरि सम्पन्न भएको हो ।
कार्यक्रमका विशिष्ट अथिति इटहरी जेसीजका पुर्व महेश पौडेल ,विशिष्ट अथिति इटहरीउपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल , विशिष्ट अथिति प्रतिनिधि सभा सदस्य तथा वक्ता हरि ढकाल ,विशिष्ट अतिथि प्रतिनिधि सभा सदस्य अशोक कुमार चौधरी ,प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य माननिय प्रदिप पौडेल, जुनियर जेसीज अध्यक्ष स्मृति न्यौपाने ,इटहरी जेसिजका सभाध्यक्ष योगेन्द्र पौडेल जेसीजका सदस्य लगाएतको उपस्थिति रहेको थियोे ।



