सुनसरी / अखिल नेपाल महिला संघ कोशी प्रदेशको अध्यक्षमा सिर्जना राई निर्वाचित भएकी छन्।


नेकपा एमाले निकट महिला संगठन अनेमसंघको प्रथम प्रदेश सम्मेलनबाट प्रदेश कमिटी अध्यक्षमा राई सर्वसम्मत रूपमा निर्वाचित भएकी हुन्।


पाटी राजनीतिमा सक्रिय महिना नेतृ सिर्जना अहिले कोशी प्रदेशकी समानुपातिक सांसदसँगै संसदीय दलको सचेतक हुन् ।  उनी पाटीको प्रदेश कमिटी सदस्य पनि रहेकी छन् ।


संघको उपाध्यक्षमा द्वय माया पोखरेल र सरला राई, सचिवमा हेमकला कट्टेल, सहसचिवमा अन्जु पाण्डे र कोषाध्यक्षमा हिमा बिक लगायत ९१ सदस्यीय नयाँ कमिटी चयन गरिएको हो ।


इटहरीमा शनिबार अखिल नेपाल महिला संघ कोशी प्रदेशको नयाँ नेतृत्व चयन गर्ने सम्मेलनमा "समृद्द नेपाल सुखी नेपाली हाम्रो अभियान समान सहभागिताका लागि सुदृढ सङठन"मुल नारा रहेको थियोे ।