सुनसरी / २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस इटहरीको घोषणापत्र लेखेका मनु मन्जिल राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन् ।
घोषणा पत्र लेखन समिति संयोजक रहेका मञ्जिल शनिबार इटहरीमा रास्वपा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य हरि ढकालले कवि मनु मन्जिललाई सदस्यता प्रदान गरेका हुन् ।
३४ बर्ष हेरियो अब कति बस्ने `देशलाइ नयाँ ढंगबाट केही दिनु पर्छ भन्ने उद्देश्य बोकेर नयाँ पार्टीमा प्रवेश गरेको मनु मन्जिलले बताए । उनले पार्टीले खटाएको र जनताले चाहेको आवश्यकतामा रहेर अघि बढ्ने बताएका छन् ।
इटहरीका बौद्धिक व्यक्तित्वको रूपमा चिनिएका मञ्जिल राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कवि हुन । श्रोतका अनुसार केही दिनमा पार्टी केन्द्रिय कमिटिले केन्द्रिय सदस्यमा मनोनयन गर्ने तयारी समेत गरेको छ ।


