सुनसरी / वैदेशिक रोजगारीका लागि कतार गएका झापाका एक व्यक्तिको निधन भएको छ ।
झापाको गौरीगञ्ज गाउँपालिका - ६ खजुरगाछी गौरीयाडाँगी निवासी जगदिश राजवंशीको निधन भएको हो । हिजो शनिबार बिहान अचानक रिङ्गटा लागेर लडेका राजवंशीको अल्पायुमा निधन भएको हो । मृतकका श्रीमती र दुई छोरी रहेका छन् ।


