सुनसरी / इटहरीको मुख्य चोकमा स्कुटरमा सवार आमा र छोरीलाई टिफरले ठक्कर दिँदा आमा छोरीको मृत्यु भएको छ ।
आज दिउँसो ३ बजे कान्छाराम कन्स्ट्रक्सनको ना १ क ९१०७ नम्बरको टिफरले को १४ प ५२६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा इटहरी वडा नम्बर ८ गैसारको फुलबारी टोल बस्ने ४२ वर्षीय सरिता चौधरीको घटनास्थलमै मृत्यु भएको छ भने गम्भीर घाइते भएकी २२ वर्षीय अंशु चौधरी उपचारका क्रममा विराटनगर स्थित न्युरो अस्पताल अहिले बेलुका मृत्यु प्रदेश १ ट्रााफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ ।
धरान लाइनबाट आएका दुवै सवारीले ट्राफिक लाइट बल्ने बित्तिकै तीव्र गतिमा चलाउँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।विराटनगर लाइनतर्फ जान लागेको स्कुटरलाई पूर्व लाइन जाँदै गएको टिफरले ठक्कर दिएको हो ।
टिपरले ब्याक गरेर मान्छे मारेको भन्दै स्थानीयले टिपर तोडफोड गरेका छन् । स्थानीयबासीले नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । प्रहरीले ४ थान अश्रुग्यास प्रहार गरेको थियोे ।
ट्रिफर आगजनी गर्न लागेपछि प्रहरीले सर्वसाधरणमाथी हस्तक्षेप गरेको हो । झडपमा परी प्रहरी तर्फ ३ जना घाईते भएका छन् । घटनास्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरीको बाक्लो रुपमा परिचालन गरिएको थियोे ।

तोडफोड र नाराबाजी हुन थालेपछि प्रहरीले बल प्रयोग गरी भीड हटाएको छ । सवारी साधनहरुलाई वैकल्पिक बाटोबाट डाइभर्ट गरिएको छ । ३ बजेदेखि सवारीसाधन आवागमन ठप्प भएको साढे ६ बजे खुलेको हो । सवारीसाधन चोक हुदै आवज जावज नहुँदा यात्रीलाई समस्या परेको थियोे ।

टिपर चालक सर्लाहीको हरिबन बस्ने अन्दाजी २६ बर्षिय बल बहादुर बम्जनलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । दुर्घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिएको छ ।


